ght's blog

जहाँ कोक छ त्यहाँ सबथोक छ

जहाँ कोक छ त्यहाँ सबथोक छ ...

कोक

जहाँ कोक छ त्यहाँ सबथोक छ ...
बाटो छ ।
बत्ति छ ।
फ्रिज छ ।
भट्टी छ ।
मोज छ ।
जहाँ कोक छ त्यहाँ सबथोक छ ...

तेईसौं दिन

२३ दिन खिराउले बाट सिबुचे
बिहान चाडो उढेर चर्पि गएर ब्रेकफास्टको लागि तयार भइयो । बिहानको खानामा रोटि जाम खाएर अधि बढीयो । खिराउलेमा बिजुली बत्ति रैहिन रै छ । स्थानियहरुले धेरै कोशिस गरेपनि सानो हाइडे योजना समेत बनाउन नसके पछि अहिले सोलारले उनिहरु उजालो पाइरहेका रै छन् ।

बाईसौं दिन

२२ दिन सनम बाट खिराउले

सनममा बिहान चिज र रोटी खाएर यात्रा शुरु गरियो । सनम शुनसान भएपनि लालिगुरासले सिगारिएको बस्ति त्यसमाथि नुम्बुर हिमालले आड दिए जस्तो । यात्रामा ४५ मिनेट अधि बढेपछि लालि गुरासको जंजललै जंगल अधि बढनु पर्ने धेरै उकालो अरालो पनि छैन् ।

एक्काईसौं दिन

२१ दिन साल्फाफेदिबाट गुरासे, साल्फा पास हुदै सनम

बिहान उठने प्रयास अज पनि असफल भयो ।  बिहान उठने बित्तिकै हिडने बेला भैहाल्यो । रोटि अण्डा खाएर यात्रा शुरु गरियो । आज यात्रामा एक युवक भेटेयो, उसले २० वाटको सोलार प्यानल खादवारिबाट किनेर ल्याएका रै छन् ।

बिसौं दिन

२० दिन मजुवा डाडा बाट गोथे बजार हुदै  साल्पाफेदि ।

रोटि र अण्डा खाएर हाम्रो २० औ दिनको यात्रा अधि बढछ । आज हामि प्रदिप सर सग छुटिएम । प्रदिप सर खादवारिनै फर्कने हुनु भयो । हाम्रो टोलि अरुणको बगर छोडेर उकालो लाग्छ । केहि बेर जंगलको बाटो उकालो लागे पछि एक नदी चिखुवाको किनारै किनार अधि बढछम । गोथे बजारमा खाना खान रोकिन्छम ।

उन्नाईसौं दिन

१९ दिन खादवरी बाट चियाबेशि हुदै मजुवा डाडा
आज बाट हाम्रो दोस्रो चरणको यात्रा शुरु हुदै छ । यो यात्रामा हामी तिर, भिर र शिर सम्मको यात्रा गर्ने छौ । खादवारि बाट केहि आधा घण्टा तल ओरालो लाग्ने बित्तिकै हामि अरुण उपत्यका प्रवेश गरेम ।

अठारौं दिन

१८ दिन खादवारी २०६३ माध १८ गते । बुधबार ।

आज धैरै दिन पछि इन्टरनेटको खुलेर प्रयोग गर्न पाइयो त्यो पनि एक छिन हामी बसेको होटेलमा वाई फाइ रै छ ।  तर बिहानको खाजा खाएर बिभिन्न कार्यक्रममा सहभागि हुनु पर्ने थियो । दोभान पछि आज नुहाइयो पनि । आज उद्योग बाणिज संघले हाम्रो सम्मानमा कार्यक्रम आयोजना गरयो साथै जिल्ला बिकास समिति र जिल्ला प्रसासनले पनि स्वागत तथा शुभकामना कार्यक्रमहरु आयोजना गरे ।

सत्रौं दिन

चैनपूर बाट खादवारि २०६३ माध १७ गते । मंगलवार ।

बिहानै चाउचाउको सुप खाएर यात्रा शुरु भयो ओरालो । आजको यात्रा पनि सडकबन्दै गरेको बाटो भएकोले यात्रा सहज होला भन्ने अनुमान हामिले गरेका छौ ।  हाम्रो आज सम्मको यात्राले एक खण्ड वा पहिलो चरण पार गर्ने छ ।काठमाडौ बाट पनि साथिहरु आयोजक साथै केहि पत्रकार साथिहरु आउदै छन् । 

सोर््हौं दिन

२०६३ माध १६ गते । सोमवार । नुनढाकि बाट चैनपूर
बिहानै चाउचाउ खाएर यात्रा अधि बढछ । आजको यात्रा त गाडि चढे जस्तो । सडकै सडक , गाडि चाहि चढेनौ है हामिले । तर धेरै दिन पछि गाडि देखियो चार पाङग्रे । अनौठो जस्तो लाग्दो रै छ ।

पन्द्रहौं दिन

२०६३ माध १५ गते । आइतवार ।
भुजे देउरालि बाट नुनढाकि संखुवासवा
१४ दिन यता त्यति नजिकै जादा पनि नदेखाएकि कंन्चनजंधा आज ताप्लेजुङ छोडने बेलामा आफनो अनुहार देखाइदिदा हामिले सारा दुखाइ बिर्सि यौ । बास्तवमा यो क्षेत्रबाट निकै राम्रो भियु प्वाइट देखिने रै छ । भुजे देउरालिबाट १० मिनेटको उकालो पछि नै फेरि मकालु को चुच्चो पनि पो देखियो । पूर्व तिर कंन्चनजंधा, र पश्चिम तिरको मकालु श्रिखलाले हाम्रो यात्राको महत्वपूर्ण दिन सावित भयो । केहि बेरको यात्रापछि हामि गुफा पोखरि क्षेत्रमा प्रवेश गरेम यो क्षेत्र ताप्लेजुङ, तेरथुम र खादवारिको सिमानामा पर्दौ रै छ ।