सोर््हौं दिन

२०६३ माध १६ गते । सोमवार । नुनढाकि बाट चैनपूर
बिहानै चाउचाउ खाएर यात्रा अधि बढछ । आजको यात्रा त गाडि चढे जस्तो । सडकै सडक , गाडि चाहि चढेनौ है हामिले । तर धेरै दिन पछि गाडि देखियो चार पाङग्रे । अनौठो जस्तो लाग्दो रै छ ।

तर यात्रा निकै सहज भयो ठूलो र सम्म बाटो हिडदा, सधै उकालो ओरालो गरि राखेको यो त निकै सहज भयो । बाटोका धेरै बहस भए आज, पूरानो हिडने बाटोमानै नया सडक बनेको रै छ । केहि साथिहरुले तर्क गरे । पर्यटनका लागि पूरानो बाटो चाहिन्छ । मलै तर्क गरे पर्यटनका नाउमा हामि सधै गोरेटो बाटोको मात्र भर पर्न हुदैन । पर्यटन र बिकास सगसगै भए राम्रो नभए हामि आफना गाउ बस्तिहरु सधै संग्रालय बनाएर राख्न त सक्दैनौ नि ? हामिलाई पनि मोटर बाटो, गाडि, अस्पताल , स्कुल चाहिन्छ नि यि कुरा संग मिलाएर पर्यटन बिकास गर्न सकिएला नि ? कि गारो हुन्छ ? पर्यटन बिकासको बाधक हुनु हुदैन । तर बिकासले पनि पर्यटनका संरचनाको सम्मान चाहि गर्नु पर्छ । नभए एक ले अर्कोलाई सौता जस्तो ब्यबहार पनि राम्रो होइन नि ।
बिचमा पोखरी बजारमा दिनको खाना खाइयो । यो बजार यो क्षत्रकै अलैचि संकलन केन्द्र रै छ । सानो बजार भएपनि करौडौको अलैचि बिक्रि हुदो रै छ यो बजारबाट । भात, कालो दाल, साग र कागतिको अचार खाएर यात्रा अगाडि बढछ । यात्रा चैनपूर सम्मनै सडकै सडक भएकोले सारै सहज भएको छ आज । चैनपूरबजार पूग्दा रमाइलो लाग्यो चिटिक्क मिलेको बजार । नेवार बस्तिले ओगटेको जस्तो । बजार पूगेर हामिले जुनार खाएम । जुनार खादै गर्दा सिन्धुलिको याद आयो । यो सिजनमा सिन्धुलीमा एकदमै जुनार फल्छन् । ठूला ठूला दाना भएका ।
चैनपूरमा आप्पादाईले एउटा सानो एफ एम रेडियो किन्नु भयो हामि धेरै दिन बाट सुचना शुन्य जस्तो भएका थियौ फेरि आप्पादाइको आइडिया बाटोमा रेडियो सुन्दै पनि जाने थियो । यसले बाटो काटन सहज पनि हुने अर्कोतिर खवरपनि सुन्न पाइने । खवरको कुरा गर्दा एफ एमले गर्दा  अहिले खवर कुना काप्चामा पूगेका रै छन  । हरेक जिल्लामा कम्तिमा दुइ भन्दम बढी एफ एम स्टेशन छन् । खवरमा पनि बिभितता रै छन् । यता पूर्वतिरका एफ एमहरुमा तिन मुख्य खवर स्थानिय भोज भतेर, सभा समारोह, स्थानिय बजारका पशलका बिज्ञापन र मुख्य गरि बैदेशिक रोजगारका आक्रषर्क बिज्ञापन श्रममन्त्रालयले यस्ता बिज्ञापन बजाउन दिने नदिने हो उतै गएर बुझमला, तर यसले हाम्रो समाजको अवस्था भने चित्रण गरेको छ । गाउ घरमा जादा कोहि युवा नहुनु र एफ एममा यस्ता आक्रर्षण बिज्ञापन बज्नु स्याल कराउनु र कुखुराहराउनु जस्तै कुरा होइन त ? चैनपूर बजार छोडर अलि तल भन्जाङ पूच्छर पूगेर आजको क्याम्प हुने भो । आज दाल भात सगै लोकल कुखुरा समेत खाइयो । यो बासमा पनि शौचालय भने थिएन ।