सत्रौं दिन

चैनपूर बाट खादवारि २०६३ माध १७ गते । मंगलवार ।

बिहानै चाउचाउको सुप खाएर यात्रा शुरु भयो ओरालो । आजको यात्रा पनि सडकबन्दै गरेको बाटो भएकोले यात्रा सहज होला भन्ने अनुमान हामिले गरेका छौ ।  हाम्रो आज सम्मको यात्राले एक खण्ड वा पहिलो चरण पार गर्ने छ ।काठमाडौ बाट पनि साथिहरु आयोजक साथै केहि पत्रकार साथिहरु आउदै छन् । 

१७ दिन पछि काठमाडौका मानिसका अनुहार हेर्न पाइने भो । आज संभवत हाम्रो १७ दिने यात्राको समिक्षा हुने छ । मेरो लागि त यो १७ दिन जिउलाई यो हावापानी र उकालो ओरालो संग मिलाउदै बिते जस्तो लागेको छ । तर साचै भन्दा मेरो खुट्टाको दुखाइ कम भएको छैन् । झन पो नया नया ठाउमा दुख्दै छ । पहिले जुत्ताले खाएको भनेर देव्रे खुठ्ठा दुखेको थियो अव दाइने खुट्टा सुनिएको छ । संभवत मलाइ केहि हप्ता अझै लाग्छ होला खुट्टामा सुधार आउन ।
यस्तै हामिले यात्रामा कस्ता र के कथाहरु भेटेम अनी हाम्रो यात्रा क्याइमेट स्मार्ट भए भएन त्यसको पनि समिक्षा हुने छ ।
हाम्रो यात्रामा अहिले सम्म दाउरामा पकाएको खाना खाएका छौ । हरेक दिन बिदेशि चकलेट, खाजामा प्राय चाउचाउ, यो त खानाको कुरा भयो । शौचालयका लागि प्रयोग गरिने कागज साथै अन्य आनि बानि पनि समिक्षा हुनु पर्छ होला ? यता लिङलिङमा पुगेर दिनको खाना खाने तयारि भयो । स्थानिय होटलमा खानामा साग, कालो दाल भात अनी मुलाको अचार थियो । खाना खाएर फेरि सडकनै सडक यात्रा अधि बढाएम । सायद आज हाम्रो यात्रा अलिक लामो हुदै छ । हामि सभाखोलाको तिरै तिर अधि बढेर ै उकालो लाग्नु पर्ने छ । सभाखोलको तिरमा हामिले सवैभन्दा कम उचाइ ३५० मिटर तल सम्म जानु परयो अनी फेरि उकालो । खेतको डिलै डिल संखुवासभा सम्मको यात्रा ।
संखुवा नदि र सवा नदीको नामबाट संखुवासभा जिल्लाको नाम राखिएको रै छ । संखुवासवा बजार पूग्दा काठमाडौ बाट साथिहरु आइसक्नुभएको रै छ । केहि स्थानिय पत्रकारहरु संग छलफल र काठमाडौको खवर सुन्दै हाम्रो साझ बित्यो । हामिले धेरै दिन पछि ग्यास चुलोमा पकाएको खाना खाएम । भात, दाल इस्कुसको तरकारि र गोलभेडाको अचार ।