बिसौं दिन

२० दिन मजुवा डाडा बाट गोथे बजार हुदै  साल्पाफेदि ।

रोटि र अण्डा खाएर हाम्रो २० औ दिनको यात्रा अधि बढछ । आज हामि प्रदिप सर सग छुटिएम । प्रदिप सर खादवारिनै फर्कने हुनु भयो । हाम्रो टोलि अरुणको बगर छोडेर उकालो लाग्छ । केहि बेर जंगलको बाटो उकालो लागे पछि एक नदी चिखुवाको किनारै किनार अधि बढछम । गोथे बजारमा खाना खान रोकिन्छम ।

गोथे बजार सानो तर राइ बस्ति भएको महत्वपूर्ण बजार रै छ । हरेक फगु पूर्णिमामा यहा मेला लाग्ने रै छ । दिनको खानामा साग, भात र अलि कति माछाको झोल खाएर अधि बढछम । बाटोमा दुइ नदिको दोभानबाट अकौ नदी इखुवाको बगर अधि बढने पालो अव ।  बाटोमा मैले हरेक घरमा सोलार प्यानलहरु राखेको भेटे । साचै सोलार क्रान्त्रि भएको रै छ रहिले सवै तिर । सानो वा ठूलो क्षमताको प्यानल सवैले राखेका छन् । कम्तिमा घरमा बाल्ने बत्ति सोलारबाट जुटाउन थालिएको छ । यसले पहिले घरमा बाल्ने टुकिलाई बिस्तापित गरेको छ भन्दा पनि हुन्छ ।  हिडदै हामि साल्पा फेदिमा आजको बास बस्न पूग्छम । हाम्रो टोलि दुइ लजमा बसेम । मलाई आज निकै खुट्टा दुखेको छ । म अरु अलमल नगरि खुट्टामा मलम लगाएर सुत्न जान्छु । मेरो दााया खुट्टा पनि सुनिन थालेको छ । 
२ घण्टा सुतेपछि मलाइ अलि आराम भयो । अनि रातिको खाना खाइयो । भात, आलुको तरकारि र कुखुराको मासु । मलाइ राति निन्द्रा लागेन, छटपट भएको छ । टिममा पनि अलि अलि चिसो पसेको जस्तो छ । हुनत हामि यात्रा शुरु गर्दानै केहि तलमाथि हुन सक्छ त्यसलाई माइन्ड नगर्ने भनेर सहमति गरेका थियौ । तर पनि मलाई हामि दुई समिर र मैले एयटा ल्यापटप सधै मिलाएर प्रयोग गर्न नपाएको जस्तो लागेको छ । जसले पायो उसले मजाले प्रयोग गर्ने । नभए पावर सकिहान्ने । त्यसो गर्दा महिले सधै लेख्न नपाएको जस्तो हुदै छ । तर पनि त्यसको केहि समाधान खोज्नु पर्छ । मलाई एउटा ४० मिनेटको काम पनि सक्नु छ । जुन मैले सक्न पाएको छैन् । म बिहान चाडै उठेर काम गर्ने प्रयास गरिरहेको छु तर सम्भव भएको छैन् ।