बार््हौं दिन

२०६३ माध १२ गते । बिहिवार ।

विहान उठेर, अण्डा खाएर यात्रा अधि बढछ । आजको यात्रा पनि ओरालो । तर आज राम्रो बाटो रै छ । ओरालो भएपनि मिलेको बाटो । धन्न भुकम्पले केहि गरेन छ ।म र आप्पा दाई यात्रामा अधि बढेम ।

बाटोमा मेरो साथ दियो सिम्वु शेर्पाले । १७ बर्षिय सिम्बुको घर संखुवासभाको गोलामा रै छ । बाबु आमा र भाइ बहिनि गरेर छ परिवार रहेको सिम्वु कमाउन ओलाङचोक गोला मा बेचिएका रै छन् । बर्षको १० हजार रुपैयामा । उनको काम चौरि चराउने देखि, तिब्बत देखि ताप्लेजुङ सम्म समान ओसानु हो । उनका मालिकले उनलाई जे काम लगाउछन् उनी त्यहि गर्छन् । तिन बर्ष अधि बिक्रि भएका सिम्बु अहिले सम्म घर फर्केका छैनन् । हिजो उनी ओलाङचोक गोलाबाट ५० किलोको भारि बोकेर आए अहिले लेलेप बाट ताप्लेजुङ सोहि भारि बोकेर जादै छन् । म आफनो १४ किलोको भारिमा आत्तिएको छु । मेरो खुट्टाहरु दुखेको छ । तर उनी आनन्द संग हिडेका छन् । म संग उनी दौड लगाइरहेका छन् । उनलाई स्कुल जान मन छ रे । अनि ठूलो भएपछि धेरै चौरि किनेर आफुपनि मालिक जस्तै तिब्बत देखिको ब्यापार गर्ने इच्छ छ उनको । घर र परिवारका लागि आफु मालिककोमा काम गरेको बताउने सिम्बु एउटा पात्रमात्र हुन । यो भेगका हुने खाने का केटाकेटि दार्जलिङ स्कुल पढन जाने रैछन् । मध्यमबर्गिय ताप्लेजुङ अनी अन्य चाहि गाउको स्कुलमा नभए मालिककोमा । धेरै बालकहरु भारि बोक्दा बढी पैसा आउने बताउछन् । एक किलो अलैचि बोकेको १० रुपैया अनि त किन स्कुल जानु । संभवत हिमाली क्षेत्रमा यस्तो तहको बाल शोषण सामान्य होला तर बाल अधिकारकर्मिहरुका लागि भने केहि चासो होला । तर काठमाडौमा त बाल अधिकारका बिषयमा वकालत गर्न नसक्नेहरु यति टाढा कहिले पूग्लान ?

त्यस्तै युवा पनि सो क्षेत्रमा छैनन् । सवै शहर झरेका छन् । अनि कति बिदेश । लाग्छ केहि टाठा बाठाहरुको हातमा सवै गाउ बस्ति छ । जानेर नजानेर आफनो बस्तिको बारे बोल्ने मान्छे छैन् गाउमा । जिल्लामा गाउ परिषदको बैठकमा बोलिदिने मान्छे पाउन गारो हुन थालेको गुनासो छ ।
गाउको बिकास लागि युवाहरुको सहभागि हुनु पर्ने तर युवा नहुदा गारो छ नि । लेलेप बाट चिरुवा संगको बाटो गजव मिलेको ढुड्डा छापेको । झन तमोर नदिको किनाररै किनार हिडनुको मजा बेग्लै । बिचमा केहि अनौठा काठका पूराना पूलहरु तर पनि राम्रो । बलियो त नहोला तर नया देखिने फलामका झुलुगे पूल भन्दा राम्रा ।
चिरुवा मा खाना १२७० खाइयो । दिनको खाना पनि राम्रो । खाना कालो दाल, साग अनि अचार । प्राय सवै तिर यस्तै खाना । त्यस पछि मितृङ सम्मको यात्रामा भने बाटो अलि साधुरो थियो । तर पनि यात्रा काटियो । आजको रात पनि पालको बास हुने भो । तमोरको किनारमा पाल राखियो अनी खाना नजिकैको कृष्ण दाइको घरमा । साग भातमा परियो आज तर पनि मिठो थियो ।