पन्द्रहौं दिन

२०६३ माध १५ गते । आइतवार ।
भुजे देउरालि बाट नुनढाकि संखुवासवा
१४ दिन यता त्यति नजिकै जादा पनि नदेखाएकि कंन्चनजंधा आज ताप्लेजुङ छोडने बेलामा आफनो अनुहार देखाइदिदा हामिले सारा दुखाइ बिर्सि यौ । बास्तवमा यो क्षेत्रबाट निकै राम्रो भियु प्वाइट देखिने रै छ । भुजे देउरालिबाट १० मिनेटको उकालो पछि नै फेरि मकालु को चुच्चो पनि पो देखियो । पूर्व तिर कंन्चनजंधा, र पश्चिम तिरको मकालु श्रिखलाले हाम्रो यात्राको महत्वपूर्ण दिन सावित भयो । केहि बेरको यात्रापछि हामि गुफा पोखरि क्षेत्रमा प्रवेश गरेम यो क्षेत्र ताप्लेजुङ, तेरथुम र खादवारिको सिमानामा पर्दौ रै छ ।
गुफा पोखरि क्षेत्रमा केहि समय बसय यात्रा अव खादबारि प्रवेश गर्छ । अन्तत १५ दिनको दिन हाम्रो यात्राले ताप्लेजुङ छोडछ ।
गुफा पोखरि पछिको मार्ग उराठ लाग्दो सुख्खा चरन क्षेत्र जस्तो संभवत यस क्षेत्रका सवै जसो रुखहरु काटिएको हुनु पर्छ । तर बाटो चाहि सहजहै । तेस्रो तेस्रो परेको । अलि कति ओरालो लागेपछि नुनढाकि क्षेत्र प्रवेश गरित हालियो । अनि एक लिम्बुको घरमा बास मागियो । याहा पनि आज पालको बास । खाना निकै मिठो भो । भात दाल, साग र इसकुस, गुन्दु्रक अनि तामाको अचार । मज्जाले खाइयो । साचै बत्ति पनि पो रै छ । यो ठाउमा । एक घर र ब्रिटिस आर्मि भन्ने उखान भएको क्षेत्र रै छ यो । सुबिधा सम्पन्न देखिन्थो । घर बस्तिहरु पनि ।