२०६३ माध १० गते मगलबार ।
बिहन उठेर चाउचाउ खाएर लागियो तलतिर । अलि तल धुन्सामा हेलिकप्टर दुर्घटनामा परेर दिवंगत हुनु संरक्षण बिद सहितको टोलिलाइ सवेदना दिदै हामिले हाम्रो पूर्व पश्चिम यात्राको औपचारिक शुरुवात गरेम ।
यात्रा को औपचारिक शुरुवातका लागि हामिलाई करिव १० दिन लाग्यो । यो हाम्रो लागि वार्मअप जस्तो पनि भयो । आज हामिले यात्रालाई अलि छोटो र सहज बनाउने प्रयास गरेका छौ । यो क्षेत्रको सवै भन्दा गारो पास सेलेले पास काटेकोले पनि टोलिमा उत्साह छ । तर त्यो उत्साह सगै थकान पनि । फेरि अव हाम्रो यात्रा लगातार ओरालो तिर हुदै छ । यो बिचमा महिले दुइ दिन देखि ट्वाइलेट जान पाएको छैन । एक त ट्वाइलेट नै छैन अर्को भएपनि हिउ परेको छ पानी छैन भन्दै प्रयोग गर्न पाइएन । अनि मेरो खुला ठाउमा जाने बानि छैन त्यो पनि यो चिसोमा । तपाइ कल्पना गर्न सक्नु हुन्छ कति चिसो हुन्छ होला भनेर ?
म सोचदै छु हामिले प्रयोग गर्ने ट्वाइलेट पेपर एक रोल ले करिव १०, ११ दिन भ्याउदो रै छ । भने पछि एक जनालाई १२० दिनका लागि करिव १२ रोल यो ट्वाइलेट पेपर को रोल चाहिने रै छ । एक रोलमा १०० मिटर हुने रै छ । यसो हिसाव गर्दा १७ सय किलोमिटरमा १२ सय मिटर त ट्वाइलेट पेपर नै चाहिने रै छ । यो एउटा सुचक मान्न सकिन्छ सकिन्न, सरसफाइमा काम गर्ने बिज्ञहरुको जिम्मा बिषेश गरि भुषण तुलाधर, आसित्वस तिवारिको । तर पनि यो हिमालि र उच्च पहाडि क्षेत्रमा अझै पनि ट्वाइलेट संस्कारको बिकास भने भएको छैन् भन्न चाहि सकिन्छ । बाथरुमको त कुरा परै जावस । यसले स्थानियको स्वास्थ्यमा अशर त परेकै होला हुनत चिसो ठाउमा धेरै रोग नलाग्ने रै छ कि के हो ? पर्यटन क्षेत्रमा पनि अशर परेको हुनु पर्छ । पूराना पर्यटन परियोजनाहरुले ठाउ ठाउमा ट्वाइलेट बनाएका छन् तर मर्मत संभार छैन् । सुदुर पूर्व जसलाई भारतको दार्जलिङवाट केहि हद सम्म प्रभावित मानिन्छ सो क्षेत्रको अवस्था त्यस्तो छ भने सुदुर पश्चिमको अवस्था कस्तो होला जहा हरेक बर्ष झाडा पखालाले मर्नेहरुको सख्या निकै छ । ा
केहि पर्यटकिए केन्द्र जस्तो धुन्सामा देखियो ( याहा हट सावर छ भनि लेखिएको । तर के गर्नु सिजन नभएर अहिले त बन्द रै छ । यस्तै खाने पनिीका लागि पनि यात्राको ११ दिन सम्म गरोनै भयो पानीत छ नि खोलामा, झरनामा बाटोमानै भरेर खाउ जस्तो तर केहि होलाकि भन्ने पिर । हुन त मानव बस्ति भएका क्षेत्रमा खासै गारो भएन जति उच्च क्षेत्र जहॉ बस्ति छैन त्यता अलि गारो । जे होस धुन्सा सारै चिटिक्क परेको मिलेर वसेको बस्ति रै छ । सुनसान भएपनि सिजनमा यो बस्ति भरिभराउ हुने संकेत याहा का पसल , गेष्टहाउस र साइवर क्याफेहरुले देखाइ रहेका थिए । कंन्चनजधा जाने मुख्य मार्ग मध्ये एक रहेको र धुन्सा दुर्घटना पछि अलिक चर्चित भएको बस्ति भन्नेहरु पनि रै छन् ।
धुन्साका स्थानीय जाडोमा अलि तल फले भन्ने ठाउमा गएर बस्ने रै छन् । यो उनिहरुको समर हाउस अर्थात जाडो छल्लने घर रै छ । हाम्रो दिनको खानाको ब्यबस्था पनि यतै हुने तयारि हुदै छ । केहि तिब्बेतिहरुको बस्ति रहेको फले पनि सुन्दर घमाइलो ठाउ रै छ । फले ब्यापारिक हिसावले एक केन्द्र पनि रै छ । जाडोमा उत्पादन भएको आलु धुन्सा बासिले फलेमा ल्याउने रै छन् । अनि तल्लो भेगका स्थानियहरुले कोदो र अन्य खाद्य सामाग्रि सग ति आलु साटने रै छन् । यो साटेर गरिने ब्याप्पार यो क्षेत्रमा अझै चल्तिमा रै छ । फलेमा रोटि, साग खाएपछि स्थानिय फले बासि र धुन्सा बासिको संयुक्त स्वागत कार्यक्रममा सहभागि भइयो । बस्तिभएको ठाउ भएकि स्वागत हुन थालेको छ । नाच गान सहितको स्वागत । स्वागत आफैमा राम्रो त भैहाल्यो हामिलाई स्थानिय संग अलिक नजिक पनि ल्याएको छ । नभएत यो यात्रा म्याराथुन दौड जस्तो । हिडेको छ हिडेको छ अनी फेरि हिडेको छ । आफनो योजना अनुशार लगातर त हिडनु छदै छ । तर केवल हिडनुको चाहि म अलि पक्षमा छैन् । अनुमानित ६ घण्टा हिडनु यास्तो यात्राका लागि ठिक होकि ? मानव बस्ति नभएको क्षेत्रमा हामि यात्रा लामो पनि गर्न सक्छम तर मानव बस्ति भएका क्षेत्रमा भने उनिहरुसंगको संम्पर्क, छोटो छलफल र जानकारि पनि लिनु जरुरि छ । नभए यो केवल यात्रा यात्रा मात्र रहने छ । यात्राकै क्रममा फले छोडेर ओरालो लागियो बाटो अलिक गारो भिरालो त्यमाथि भुकम्पले बिगारेको अनि त के चाहियो । अहिले सम्मकै डरलाग्दो पहिरोको चेपबाट हिडनु पर्ने, आप्पादाई पनि दिक्क मान्दै हुनु हुन्थ्यो । तर छोटो हिडाइमानै ग्याब्ला आइपूगियो हाम्रो आजको बास । २७३० मिटर उचाइमा रहेको शेर्पा बस्ति, फराकिलो चौरमा हामिलाई पालको ब्यबस्था गरिएको थियो । समिर र म एक पालमा आज । आज शेर्पाहरुको नया बर्ष परेछ । सवै ग्याब्ला बासि मुडमा थिए । झन आप्पा शेर्पा सग भेट भएको मजानै बेग्लै । नचगान सहितको स्वागत कार्यक्रम, नाचमा पनि गजवको समानता रै छ । ग्याब्लाका शेर्पा र नाम्चेका शेर्पाका तर लय अलि फरक दुइ पक्ष बिच एक अर्काको नाच सिक्ने सिकाउने होडले त्यो साझ निकै रमाइलो भयो १० दिन देखिको थकान मेटिएको जस्तो । भात, दाल र आलुमा अलि अलि बन्दा हालिएको तरकारि खाएर सुतियो । तल झरिएकोले पालमा चिसो कम भयो आज मज्जाले सुतियो ।