२०६३ माध १३ गते । शुक्रवार ।
मितृङ बाट बिहानै उठेर दोभानका लागि हिडन तयार भइयो । केहि पाइला सानै बित्तिकै मितृङ बासिको सम्मान खान पाइयो । मितृङ गाउ सानो तर सफा चिटिक्क परेको मिजासिलो बस्ति रै छ । हामी तमोरलाइ किनारा पादै दोभान तिर लाग्यो ।
तर दोभान सम्मको यात्रा फेरि उस्तै कष्टकर, उतिस र अलैचिको धारिबाट अधि बढनु पर्ने सानो र चिप्लो बाटो निकै गारो भो हामिलाई । म त एक पल्ट लडे पनि । समिरले पनि घुडा बजारेछन् । अहिले सम्मको यात्रामा जति रमाइलो माथिल्लो भेगमा भैरहेको छ त्यति तल्लो भेगमा भएको जस्तो लाग्दैन् । माथिल्लो भेगमा एकै जाति वा समुदाय भएर हाकि वा तल्लो भेग अलि बढि ब्यापारिक केन्द्र भएर हो । जे होस स्थानियहरुको आत्मियतामा कुनै कमि छैन् । हामि दिनको खाना खाननै दोभान आइपूगेम । ६४५ मिटरको यो सवैभन्दा तल्लो केन्द्र हो हाम्रो । अव फेरि भोलि बाट हामि उकालो लाग्छम् । दोभानमा दिनको खानाको बिषेश ब्यबस्था थियो हाम्रो टोलिलाई । दाल भात, गोलभेडाको अचार, कुखुराको मासु अनि साग ।
खाना लगतै आज हाम्रो सरसफाइ दिन थियो । हामि सवै नजिकैको मैया खोलामा गएर नुहायौ । आफना लुगाहरु सफा गरेम । १३ दिन देखि राम्ररि मुख त धुन गारो भएको हामिलाई नुहाउन पाउनु निकै खुशिको कुरा थियो । दोभान मैया खोला र तमोरको संगम स्थल रै छ । दोभान बाट हाम्रो यात्रालाई एक बिदेशि पाहुनाले पनि साथ दिनु भयो । अव हाम्रो यात्राको टोलि बढेर १७ जना पूगेको छ ।
साझ स्थानिय दोभानवासिले हाम्रो बिषेशत आप्पादाइको सम्मानमा कार्यक्रम आयोजना गरे । कार्यक्रममा सभासद को पनि उपस्थिति भयो । दोभान एक ब्यापारिक केन्द्र रै छ । पसलहरु ह्ेर्दा काठमाडौका अशनका जस्ता । साना तर सवै कुरा पाउने । अर्को अचम्म कुरा बजारमा चार ओटा सार्वजनिक शौचालय रै छ । केवल सार्वजनिक शौचालय बजार बासि सवैले सोहि शौचालय प्रयोग गनु पर्ने हामिले पनि त्यहि गरेम । राति खानामा मिठो दाल भात र कुखुराको झोल थियो । आजको रात बिना पाल सुत्न पाइयो ।