२०६३ माध १४ गते । शनिवारवार ।
बिहानै चाउचाउ खाएर हामि उकालो लाग्यौ । आज हामि ताप्लेजुङ जिल्ला छोडने प्रयासमा थियो । लगातारको उकालो लागे पछि केहि माथि मिठो सुन्तला किन्ने मौका पाइयो ।
ओ हो यो त गजव भो नि १४ दिन पछि फलफुल, यो क्षेत्र सुन्तला र भोगटेका लागि चर्चित क्षेत्र भएपनि आजभोलि अलि कम उत्पादन भैराखेको रै छ । दोभान बाट तिन घण्टाको यात्रा पछि गोर्जा पूगियो । आज यो क्षेत्रमा बिषेश कार्यक्रम आयोजना हुदै छ भन्ने खवर त थियो । तर कस्तो होला भन्ने अनुमान गर्न सकेका थिएनौ । फेरि देउरालि बाट उकालो लागेपछि मोवाइलका नेर्टवर्क हरु लाग्न थाले नेर्टवर्कले हाम्रो यात्रा अलि मन्द मन्द भएको थियो । कोहि मोवाइलमा गफिदै त कोहि मोवाइबाट फेसबुक उपडेट गर्दै । तर जेहोस माथि पूगेपछि राम्रो सम्मान भयो । खानामा भात, दाल, साग, कुखुराको मासु अनी मुलाको अचार । त्यपछि स्थानिय जनजातिहरुको नाच, कार्यक्रम दुइ घण्टानै चल्यो नि । कार्यक्रम सकेर फेरि उकालो । आज ताप्लेजुङ छोडन भ्याइएन जस्तो छ । हामि बल्ल बल्ल ठूलो उकालो जंगल काटेर एउटा गोठमा बास माग्न पूगेम भुजे देउरालि मा ।
हामि जगलको बिचमा पाल राखेर सुत्ने टुग्गोमा पूगेम । यो साझको खाना खासै राम्रो भएन । सायद गोठको बास भएर होला ? भात र रायोको झोल ।
भोलि पल्ट बिहानचाहि एकदमै मज्जा आयो जव कंन्चनजंधाले आफनो धुम्टो खोलेर दिन खुस हुने गरि हामिलाई आफनो अनुहार देखाइन ।