एघारौं दिन

२०६३ माध ११ गते । बुधवार ।

बिहान वेकअप टि आयो, चिया खादै आफ्नो सामान मिलाएर हिडनकालागि तयार हुनु परयो । अव केहि दिन लगातार ओरालो छ । म खुसि पनि छु दुखि पनि, सजिलो भन्छन ओरालो तर मलाई अलिक गारो हुन्छ । ओरालो । जे होस यात्रा एउटा अनुशासन रै छ । बिहान उढ्यो, हिडयो । समयमा क्याम्प पूग्यो फेरि नया यात्राको तयारि गरयो । म अव बिस्तारै यो दैनिकि संग अब्यस्थ हुने प्रयास गरिरहेको छु ।
यात्रा ओरालो झदै जादा मेरो खुट्टाहरु दुख्दै गएका छन् । हिडाइ बिस्तारै घटदै गएको छ । म संग सगै आप्पा दाइ पनि लामो लामो दैनिक यात्राबाट अलि दिक्क मान्नु भएको होकि जस्तो लाग्दै छ । हाल सम्म जति पनि बाटोमा यात्रा हुदै छ ति कुनै एक भन्दा अर्को सहज र राम्रो छैन् । झन ओरालोमा पाइला राख्ने सम्म ठाउ नहुदा त झन दिक्क लाग्नेनै भयो गत असोजमा गएको भुकम्पको सवैभन्दा बढि मार यहि वाटोमा परेको देखिन्छ । ठाउ ठाउमा पहिरो गएका छन् । पहिरोको बिचमा तल पट्टि धुन्सा खोला बेजोड संग बगिरहेको छ । सातोनै जाने जस्तो त्यसमाथि बाटोमा कतै पनि राम्रा पूल छैनन् । भएका झुलुगे पुल त भत्केकानै छन् । स सानो साघुमा पनि ब्यबस्थित ब्यबस्था छैनन् । काठ र बास काटेर साघु बामइएका छन् । कतिमा त एक पाइला पनि अटदैन । संभवत पर्यटकहरुका लागि यो मार्ग शाहासिक यात्रा होला तर सधै तल माथि गर्नु पर्ने हरुका लागि भने सास्ति हो । हाम्रो लागि पनि निकै सास्ति भयो । ग्याव्ला देखि लेलेप सम्मको यात्रा । अवको गाउ परिषद बैठकमा बाटो र पूलको बिषयमा कुरा होला र बन्ना भन्ने आशा गर्न सक्ने ठाउपनि छैन् । यदि बाटो सुधार भएन भने गत बर्ष ५०० पर्यटक आएछन् यसपटक त्यति पनि ल्याउन गारो हुने पक्का छ । बाटोको गुनासो गर्दै आम्जिलोसा आइपुगेम, दिनको खाना खाना अव बिस्तारै उचाइ पनि घटदै छ अहिले  २३०८ मिटर पूगेको छ । खानामा भात, दाल अनी रायोको साग केहि दिन यताको राष्ट्यि खाना जस्तो । अनी डल्ले खुर्सानी ।
खाना पछि को यात्रापनि पकक्कै सहज थिएन । उस्तै ओरालो अनी बिकट पहिरोको बिच हिडनु पर्ने । तर निगालो घारि भएरहोला बाटो चाहि सितल थियो । छिटै सुकेथुम १५७६ मिटर मा रहेको सानो बस्ति पूगेम अनी आधि घण्टाको उकालो पछि लेलेप । लेलेप सारै राम्रो बस्ति रैछ । लिम्बु, शेर्पाहरु र अन्य जातिहरुको मिश्रीत बस्ति । आजको बसाइ यतै हुदै छ । यो बस्ति सफा र चिटिक्क परेका घरहरु रहेको रै छ । लेलेप (१७५०) बासिहरुले आप्पा र हाम्रो टोलिलाई स्वागत गरे । अनि मिठो खाना ख्वाए । धेरै दिनपछि हाम्रो टोलिले मिठो अझ भनौ स्वादिलो खाना खाएको भान भयो । यसअधि याम्फुदिनको खाना गजव थियो । भात, दाल, बंगुरको मासु, रायोको साग, अनि लप्सिको अचार । अनि आज दुइ दिन पछि घरमा सुत्न पाइयो नभए केहि दिन यता पालको सुताइ भैराखेको थियो ।