उन्नाईसौं दिन

१९ दिन खादवरी बाट चियाबेशि हुदै मजुवा डाडा
आज बाट हाम्रो दोस्रो चरणको यात्रा शुरु हुदै छ । यो यात्रामा हामी तिर, भिर र शिर सम्मको यात्रा गर्ने छौ । खादवारि बाट केहि आधा घण्टा तल ओरालो लाग्ने बित्तिकै हामि अरुण उपत्यका प्रवेश गरेम ।

आजको यात्रामा हामीलाई हौसाउन दुई बरिष्ठ पाहुनाहरुले साथ दिएका छन् । पर्यटन मन्त्रालयका उप सचिव, प्रदिप कोइराला  र नेपालका लागि जर्मन राजदुत भेरेना ग्रफिनेभन रोडन । प्रदिप सरको यात्रा एक दिनको हुदै छ भने राजदुत हामि सगै लुक्ला संम्म यात्रा गनुहुने छ । उप सचिब सग गफिदै अरुणको तिरैतिर हामि अधि बढेम । धेरै दिन पछि देश र बिकासका बारे सरकारी ब्यब्ति संग खुलेर औपचारिक कुराकानि गर्न पाइयो । हामिले भष्ट्चार देखि पर्यटन योजना सम्मका कुरा गर्ने मौका पाएम । जुम्लाका प्रमुख जिल्ला अधिकारी भैसकेका कोइराल सर सगको गफले जुम्ला र कर्णालिको चामाल राजनैति सम्मको गफ भयो । यो कुरा हमीलाई यो यात्राको क्रममा त्येता पूग्दा काम लाग्ने छ । अरुणको तिर स्वभाविक रुपमा अलि गर्मि रै छ । तिर तिर वाहुन क्षेत्रि, भिर तिर राइ लिम्बु र शिरमा शेर्पा बस्छन् रे । तर आजभोलि मानिसहरु बसाइ सराइले सवै जना एक ठाउबाट अर्को ठाउ छरिएका छन् । बिषेशगरि सुबिधा भएका क्षेत्र तिर सरेका छन् । र यो क्रम शिर देखि तिर सम्मनै छ । यात्राको क्रममा अरुणकै बगरमा रहेको चिया बजारमा दिनको खाना खाइयो । फेरि भात, दाल, आलु बन्दाको तरकारी । कुनै कुनै बेला त हामी दिक्क भैसकेम खानाको मेनु देखेर तर के गर्ने अरु उपाएपनि छैन् नी । खाना पछि अरुणलाइनै किनार पारेर अधि बढिन्छ । अलि अगाडि पूगे पछि भोजपूरले हामिलाई स्वागत गर्छ । हामी दुई रात भोजपूर बस्दै छौ । भोजपूरकै मजुवाडाडामा आजको रातको बास मिल्छ । हामि पालमा परछौ । खाना त मिठो तोरिको साग दाल भात मुलाको अचार । यो क्षेत्रमा टन्न रुद्राक्षको रुख रैछन् । संखुवासभा र भोजपूरका केहि क्षेत्र रुद्राक्षका लागि निकै चर्चित रैछन् अनी यसको करोडौ रुपैया बराबरको ब्यापार हुदो रै छ । केहि दिन यता जिउ निकै थाकेको महशुस भैरहेको छ । बेलुका चाडै सुत्ने अनि बिहान पनि अलि ढिलो सम्म रातको सुताइले जिउलाई केहि हद सम्म आराम भने भैरहेको छ । बाट क सरुवा भएका छन् ।

संखुवासभाको लुक्ला सम्मको । सायद हामीलाई करिव नौ दिन लाग्ने छ ।