आपा शेर्पाको कुरा

बिश्वको सर्वोचो शिखर सगरमाथाको कुरा गर्दा २१ पटक सगरमाथाको चुचुरो टेकिसकेका आपा शेर्पाको कुरा नगरि भो त ? जसले भर्खरै ९९ दिनको लामो पूर्व पश्चिम पदयात्रा सकेका छन् । लगतै सगरमाथाको सफाइ अभियान सकेर आपा काठमाडौ आइपुगेका छन् । अव सगरमाथा नचढने घोषणा गरेका आपा आरोहणबाहेक एक पछि अर्को अभियानका कारण अहिले चर्चामा छन् । ९९ औ दिन दाचुर्ला पूग्दा निकै गलेका थिए आपा, लगातारको यात्राले । तर उत्साह र फुर्ति भने कम थिएन । सगरमाथाको काखमा जन्मेका र हुर्केका आपाका लागि यो यात्रा पहिलो अवसर थियो पुर्व देखि पश्चिमसम्म नेपाल हेर्ने । सगरमाथा चढनु निकै गारो हुने अनुभव सुनाउदै हिडेका आपा लामो पैदल यात्रा पनि सहज भने नभएको बताउछन् । नेपालको भौगौलिक बनावट अनी उकालो ओरालो । अझ हरेक कोसमा फरक देखिने संस्कृति । संस्कृतिहरु बीच पुल बन्दै हिंडेका आपाले एक हजार पाच सय ५५ किलोमिटर यात्रा तय गरे । जसमा उकालो ओरालोको मात्र हिसाव गर्दा करिव नौ पटक भन्दा बढी सगरमाथाको उचाई काटेका छन् । यात्रामा बिकासका सामान्य पूर्वाधारहरु ठाउठाउमा पूगेको बताउने आपा अझ देशले बिकास खोजेको बताउछन् । अफनो पारिवारिक कारणले गर्दा राम्रोसित पढन पनि नपाएका आपाको जिवनको शुरुवात निकै कष्ठकर थियो । शुरुआत कठिन भएपनि आपा अहिले रोल मोडल बन्न सफल भएका छन नेपालीका लागि । र यो ९९ दिने यात्रा देशको विकास र समृद्धिका लागि एउटा अर्को शुरुआत भएको भन्छन यी किर्तीमानी ।

Apa Sherpa walks the trail