अठारौं दिन

१८ दिन खादवारी २०६३ माध १८ गते । बुधबार ।

आज धैरै दिन पछि इन्टरनेटको खुलेर प्रयोग गर्न पाइयो त्यो पनि एक छिन हामी बसेको होटेलमा वाई फाइ रै छ ।  तर बिहानको खाजा खाएर बिभिन्न कार्यक्रममा सहभागि हुनु पर्ने थियो । दोभान पछि आज नुहाइयो पनि । आज उद्योग बाणिज संघले हाम्रो सम्मानमा कार्यक्रम आयोजना गरयो साथै जिल्ला बिकास समिति र जिल्ला प्रसासनले पनि स्वागत तथा शुभकामना कार्यक्रमहरु आयोजना गरे ।

१७ दिनमा साझ काठमाडौको टोलि संग गनथन र फोटो भिडियो सार्दै राति ११ बजे बज्यो । १७ दिनमा मैले केहि भिडियोहरु खिचेको छु । जसलाई काठमाडौमा रहेको टिमले स्टोरि साइकल डट कम वेबका लागि तयार गर्ने छ । काठमाडौमा अकुर, ज्वलन्त शंकर अनी दिपेशको टोलिले आयोजकहरु संग सवन्वय गर्ने छ र सवै सामाग्रिहरुलाई रमाइलो संग हेर्न, पढन लाएक बनाउने छ । संयवत यो कथा यात्रा प्रबिधिक रुपमा पनि नौलो हुदै छ भन्ने मलाइ लागेको छ । हामी सहभागि सवैले यताको खबरलाई काठमाडौ मा पूराउने बिभिन्न मात्तयम प्रयोग गरेका छौ । संभवत आयोजकसंग राम्रो सवन्वय भयो भने यो कथा यात्रा साचिकै नौलो, रमाइलो र नया खलको यात्राको शुरुवात हुने छ । यो १७ दिनमा महिले बढि भिडियोमा ध्यान दिए र फोटो कम खिचेको छु । अव भने म फोटो पनि खिच्ने छु । म आफनो कथाका लागि सकभर आफनै फोटोहरुको प्रयोग गर्ने प्रयास गदै छु ।  भोलिबाट फेरि अर्को चरणको यात्रा शुरु हुदै छ । खादवारि बाट संखुवासभाको लुक्ला सम्मको । सायद हामीलाई करिव नौ दिन लाग्ने छ ।